नेपालमा धेरै आन्दोलन भईसक्यो अब आन्दोलन पुग्यो । जेन-जी र जेन-अल्फालाई नैतिकवान, ईमान्दार र मेहनती हुन सिकाओैँ । र सबै भन्दा महत्वपुर्ण कुरा बुबा हजुरबुबाहरुले कुकर्म गरेर सम्पती कमाएका रहेछन भने त्यो सम्पति, सुखसयल बहिष्कार गर्न सिकाओैँ। किन भने मान्छेहरुले जायज नाजायज सम्पति कमाउने नै सन्तानहरुको लागि हो । सन्तानहरुले बहिष्कार गर्न थाले पछि सबै रोकिन्छ । यो नै सबैभन्दा ठूलो आन्दोलन हुनेछ ।
समाजहरुको hypocricy index हुने हो भने हाम्रो समाजलाई कसैले जित्न सक्दैन। कमल थापाले Gen-Z को आन्दोलनको समर्थन गरेछन, अब ज्ञानेन्द्रले गर्ने होला, माथिबाट तुलसी गिरी, सुबथा, चन्द्र शम्सेरले समेत गर्दिने होला! अनि सदिऔँदेखि सत्ताको राप-तापको फाईदा उठाउने परिवारका देखि लिएर नव शासकहरुका परिवारका नयाँ सदस्यहरुले पनि गर्दिने होला। तर आ-आफ्नो privilege check र self-reflection गर्न चाहिँ कति तयार होलान त?!
Suresh Malla
Удалить комментарий
Вы уверены, что хотите удалить этот комментарий?