इजलास सपिङको शेष घले डक्ट्रिन– छानीछानी न्यायाधीशका आफन्तलाई वकिल नियुक्त

गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका का अध्यक्ष बद्री केसीबाट कानुन व्यवसायीम

काठमाडौँ, २२ वैशाखः सर्वोच्च अदालतसहित देशभरका न्यायालयमा इजलास सपिङ हुन थालेको भनी हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदनले नै औँल्याएको थियो । त्यो अवस्था अन्त्य गर्न प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकारै खोसियो । कुनै पनि मुद्दाको पेसी तोक्न गोला प्रक्रिया अपनाइयो । 

 

यसरी गोला प्रक्रिया अपनाउँदा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने पूर्वानुमान गर्न नसकिने भयो । तर, मुलुकको न्यायप्रणाली नै हातमा लिने क्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष एवं कथित उच्चस्तरीय समितिका संयोजक शेष घलेले पैसाको आडमा सजिलै इजलास सपिङ गर्न भ्याएका छन् ।

 

उनले सर्वोच्च अदालतका भएभरका न्यायाधीशको सूची नै बनाएर आफूविरुद्धका मुद्दाको सुनुवाइ नै हुन नसक्ने गरी वकिलहरु नियुक्त गरेको पाइएको छ । 

 

उक्त सूचीअनुसार न्यायाधीश महेश शर्मा पौडेलले हेर्न नमिल्ने गरी रितेश पौडेललाई कानुन व्यवसायी नियुक्त गरेको पाइएको छ । न्यायाधीश कुमार रेग्मीलाई सुनवाइबाट अलग गराउन मुना दाहालको वकालतनामा हालिएको छ । यस्तै बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुन नदिन ईश्वरी महर्जनलाई कानुन व्यवसायी नियुक्त गरिएको छ ।

 

यस्तै सारंगा सुवेदीलाई मुद्दा हेर्न नदिन प्रवीण सुवेदीको वकालतनामा पेस गरिएको छ भने हरि फुयालका लागि केदारप्रसाद दाहाल, विनोद शर्माका लागि पूर्वमन्त्री गोविन्दप्रसाद बन्दी नियुक्त गरिउको छ । बन्दी कानुमन्त्ती छँदा नै शर्मा न्यायाधीश नियुक्त भएका थिए । 
मनोज कुमार शर्माले पनि यो मुद्दा हेर्न नमिल्नेमा पठाएका छन् । कारण, रमेश बडालले यसमा बहस गरेका छन् । त्यस्तै टेकप्रसाद ढुंगाना, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लले यसअघि फैसला गरिसकेका मुद्दासँग सम्बन्धित विवाद भएकाले हेर्न नमिलेको अवस्था छ ।

यस्तै सुनील पोखरेल हाल न्यायाधीश भए पनि पहिला कानुन व्यवसायी छँदा वकालत गरेका रहेछन् । न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा छँदा अल्पकालीन आदेश गरेका रहेछन् ।

गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका का अध्यक्ष बद्री केसीबाट कानुन व्यवसायीमध्ये एक जनाको कारण मात्र यो मुद्दा हेर्न नमिल्ने अवस्था छ । केसीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको वकालतनामा भएका कारण प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले यो मुद्दा हेर्न नमिल्ने देखिएको छ । 

पूर्वसांसद समेत रहेका अधिकारी कानुन व्यवसायमा सम्मानीत नाम हो । नेपाल बार एसोसिएसनको उच्च पदमा रहेर पनि उनले नेतृत्व प्रदान गरिसकेका छन् । उनी उच्च निष्ठा र इमानमा रहेर काम गरेका कानुन व्यवसायी पनि हुन् । तर उनको नाम पनि यतिखेर एनआरएनएको मुद्दाको सुनुवाइ नै प्रभावित पार्ने कारक बन्ने संयोगमा जोडिन पुगेको छ ।

हालसम्म हेर्न मिल्ने न्यायाधीश जम्मा २ जना देखिएका छन्, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेय । अब यी दुई जनाले पनि हेर्न नमिल्ने गरी कानुन व्यवसायी खोजेर वकालतनामा हाले अन्यथा नमाने हुने भएको छ । 

हुन त न्यायालयमा पक्षहरु सफा हात लिएर अदालत आएका छन् कि छैनन् भन्ने पनि महत्त्वपूर्ण मानिन्छ । यदि पक्षको नियत सफा छैन भने जतिसुकै कानुनी आधार भए पनि उसलाई अदालतले सहयोग गर्न सक्दैन भन्ने मानिन्छ । तर यहाँ अदालती प्रक्रियालाई दुरुपयोग गर्ने, हतियार बनाउने र आफ्नो स्वार्थ सिद्धि गर्ने प्रवृत्ति बसेको छ । 

अझ शेष घलेले त आफ्नो पैसाको तुजुक नै देखाएका छन् । अदालत र न्यायिक प्रक्रियालाई गलत तरिकाले प्रभाव पार्ने, न्यायमा अवरोध पुर्याउने र न्यायालयप्रति जनताको जनास्था गिराउने काम उनले गरेका छन् । पैसा भए जे पनि गर्न सकिन्छ भन्ने देखाएका छन् । यस्तो अवस्थामा उनीमाथि अदालतको अवहेलना मुद्दामा कारबाही गर्नुपर्ने हो कि होइन ?


Suresh Malla

7 مدونة المشاركات

التعليقات