कठोर यथार्थ : विदेश गएका र नेपालमै संघर्ष गर्नेहरूलाई समाजले कसरी फरक आँखा लगाउँछ ?

कठोर यथार्थ : विदेश गएका र नेपालमै संघर्ष गर्नेहरूलाई समाजले कसरी फरक आँखा लगाउँछ ?

आजको समयमा, कसैले विदेश गए भने सबै कुरा माफजस्तै हुन्छ । चाहे पढाइका लागि होस्, कामका लागि होस्, वा बसाइँ सराइका लागि, समाजले उनीहरूलाई सफलताको छाप लगाइदिन्छ — कुनै प्रश्न नगरी । उनीहरूलाई “सही,” “प्रमाणित,” र “अझ राम्रो मानिस” भनिन्छ, केवल किनकि उनीहरू विदेशी भूमिमा छन् । 

 

विदेश गएका युवाहरूलाई बिहेका लागि सजिलै जीवनसाथी भेटिन्छ । परिवारहरू गर्वका साथ भन्छन्, “हाम्रो छोरारछोरी अस्ट्रेलिया, अमेरिका वा युरोपमा छन्,” अनि बिउँता दिनेहरू प्रस्ताव लिएर आइहाल्छन् । उनीहरूलाई खर्च गर्ने, रमाउने, आफ्नै इच्छाले जीवन बिताउने स्वतन्त्रता दिइन्छ — जुन कुरा नेपालमा बस्ने युवाहरूले प्रायः पाउँदैनन् ।

 

विदेशमा बसेपछि समाजले उनीहरूका गल्तीहरू पनि सानो मान्छ, अनि धेरै कुरा नसोची समर्थन गर्छ । चाहे उनीहरूको पारिवारिक जिम्मेवारीमा कमी होस् वा व्यक्तिगत व्यवहार, चाहे उनीहरू रक्सी खाने, पार्टी गर्ने किन नहोस् — सबै कुरा ‘पास’ हुन्छ । जात, वर्ग, पारिवारिक हैसियत — यी सबै कुरा पनि ओझेलमा परिहाल्छन् ।

 

नेपालमा केटा भए भने चाहिँ अनेकौं परीक्षण पार गर्नु पर्छ । विशेषगरी जातको हिसाब अझै बलियो छ । “कसको छोरोर ?”, “कसको जात?”, “कति कमाउँछ?”, “कस्तो हैसियत छ?” — यी प्रश्नहरू सधैं सुनिरहनुपर्छ, चाहे त्यो घरभित्र होस् वा समाजमा । नेपालमै बसेर संघर्ष गर्ने केटाहरूलाई प्रायः कम आँकिन्छ ।

 

अझ दुःखद कुरा, कतिपय परिवार र समाजले उमेर नपुगेकी छोरी वा इच्छाविपरीत विदेश गएका छोरीहरूलाई पनि हतार–हतार बिहे गरिदिने चलन छ । “विदेश गएका हो, राम्रो छ,” भनेर हेर्न नपुगी निम्ता पठाउने प्रवृत्ति बढेको छ । तर पछिल्लो समयमा धेरै घटनाहरू देखिएका छन् — विदेशमा विवाहपछि डिभोर्स, हत्या, झगडा, जेल जीवन, र एकै व्यक्तिले २–३ विवाह गरेको जस्ता घटना सामान्य बन्दै गएका छन् ।

अर्कोतर्फ, चम्किला घडी, चिल्ला देखावटी गाडी, समुद्रको रमाइलो सनसेट, देखावटी हाँसो भरिएका फोटो, अनि तीन आँखा भएको आइफोनको पछाडि लुकेको संघर्ष पनि बुझ्न जरुरी छ । त्यो चमकको पछाडि छ — भोकै काम गर्नु परेको समय, परिवार बिना बितेका रातहरू, आफन्त बिना मनाउने चाडपर्वहरू, र ऋणले बगाएको जीवन । हामीले केवल फोटो र बाहिरी चकमक मात्र होइन, त्यो जीवनको वास्तविकता पनि बुझ्न र हेर्न सक्नुपर्छ ।

अन्त्यमा, सबैले आफैंले सोच्न आवश्यक छ — हामी साँच्चै खुशी दिने समाज र परिवार खोज्ने कि केवल देखावटी समाज मात्ररु बाहिरी चमक–धमकमा होइन, भित्रको इमानदारी, प्रेम, र संघर्षको सम्मानमा मूल्य राख्ने संस्कार बनाउनु अहिलेको आवश्यकता हो ।

लेखक: सुसान्त के.सी

https://barnanmedia.com/news/detail/224120/


Suresh Malla

7 ব্লগ পোস্ট

মন্তব্য